एसईई परीक्षाको नतिजा शुक्रबारभित्र सार्वजनिक गर्ने तयारी


१९ असार २०८०, मंगलवार ०८:४२ मा प्रकाशित

काठमाडौं । यस वर्षको एसईई परीक्षाको नतिजा शुक्रबारभित्र सार्वजनिक गर्ने तयारीमा बोर्ड जुटेको छ ।

बोर्डका परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले असार २२ गतेभित्र जुनसुकै दिनमा पनि नतिजा सार्वजनिक गर्न सकिने जानकारी दिनुभयो ।

उहाँकाे भनाइमा प्राविधिक कठिनाइ नआए २२ गतेभित्रै नतिजा सार्वजनिक हुन्छ । बोर्डको कार्यतालिका अनुसार नै नतिजा सार्वजनिक हुनेछ ।

२०७९ चैत १७ गतेदेखि भएको एसईई परीक्षामा चार लाख ८५ हजार ३९६ विद्यार्थी सहभागी थिए ।

२ हजार ३७ केन्द्रबाट सो परीक्षा सञ्चालन गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here