काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले पशुपतिनाथ मन्दिरको गर्भगृहमा रहेको सुनको जलहरी सम्बन्धमा सत्यतथ्य जानकारी गराउन माग गर्नुभएको छ ।
प्रतिनिधिसभाको सोमबारको बैठकको शुन्य समयमा सांसद पौडेलले सुनको जलहरी सम्बन्धमा जाँच समेत भइसकेको अवस्थामा यस बिषयमा सदनमा सत्यतथ्य जानकारी गराउन माग गर्नुभएको हो ।
उहाँले ट्रकमा ल्याएको सामानजस्तो नभएको भन्दै सुनको नापजाँचपछि कति सुन हरायो, कति सुन बाँकी छ र के अवस्था रहेको भन्दै भन्ने बारेमा जानकारी गराउनुपर्ने बताउनुभयो ।
गएराति अख्तियारलगायतको टोलीले पशुपतिनाथमा रहेको सुनको जलहरी नापजाँच गरिएपनि विवरण सार्वजनिक भने भएको छैन ।






