अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करीविरुद्धको दिवसः बिर्तामोडमा निकालियो प्रभातफेरी


११ असार २०८०, सोमबार ११:१९ मा प्रकाशित

झापा । झापाको बिर्तामोडमा विभिन्न सामाजिक संघ संघसंस्थाहरुले अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करीविरुद्धको दिवसका अवसरमा प्रभावफेरी निकालेका छन् ।

बिर्तामोड नगरपालिका र इलाका प्रहरी कार्यालय अनारमनीको आयोजनामा प्रभावफेरीको आयोजना गरिएको हो । लागूऔषधको प्रयोगले मानव जीवनमा पार्ने असरबारे सचेतना दिने उद्धेश्यले आयोजना गरिएको प्रभावफेरीले बिर्तामोड परिक्रमा गरेको थियो । सोमबार विहान निकालिएको प्रभातफेरीमा बिर्तामोडका विभिन्न संघ संस्था र विद्यार्थीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रभातफेरीको समापनलाई सम्बोधन गर्दै बिर्तामोड नगरप्रमुख पवित्रा महतारा प्रसाईले लागुऔषधबाट हरेक नागरिक टाढा रहनुपर्ने बताउनुभयो । उहाँले लागूऔषधका कारण धेरै परिवारको विचल्ली भइरहेको बताउनुभयो । नगर प्रमुख महताराले झापामा नजिकै रहेको भारतबाट ठूलो परिमाणमा लागुऔषध विभिन्न बजारमा आयात भइरहेको भन्दै सबैको पहलबाट त्यसलाई पूर्णरुपमा नियन्त्रण गर्नुपर्ने धारणा राख्नुभयो ।

नगर प्रमुख महताराले बिर्तामोडको नीति कार्यक्रममा सुर्तिजन्य पदार्थको विक्रीमा प्रतिवन्ध गरिने नीति लिएको समेत जानकारी दिनुभयो ।

बिर्तामोडका डिएसपी सुरज कार्कीले पछिल्लो समय अपराधको मुख्य कारण नै लागूऔषध दुर्व्यसन भएको बताउनुभयो । उहाँले अपराधिक कर्म गर्नेहरु कतै न कतै लागूऔषधसँग जोडिएको अनुसन्धानबाट खुलेको उहाँको भनाइ थियो ।

समाजलाई अपराधमुक्त गर्न लागूऔषध दुर्व्यसनको पूर्ण नियन्त्रण हुनुपर्ने डिएसपी कार्कीको भनाइ थियो । अपराधका लागि लागूऔषधले दुरुत्साहन गरिरहेको भन्दै सबैलाई सजग रहन उहाँले आग्रह गर्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here