अनेरास्ववियु झापाको अध्यक्षमा बलराम गिरी निर्वाचित


३ असार २०८०, आईतवार ०७:१६ मा प्रकाशित

झापा । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु झापाको अध्यक्षमा बलराम गिरी निर्वाचित हुनु भएको छ ।

शनिवार सम्पन्न निर्वाचनबाट अध्यक्षमा गिरी निर्वाचित हुनुभएको हो ।

गत जेठ २९ गते भएको २१ औं जिल्ला अधिवेशन उद्घाटन कार्यक्रम सहमतिका लागि स्थगित गरिएको थियो ।

सहमति विफल भएपछि जिल्ला पार्टी कार्यालयमा मतदान गरिएको हो । अध्यक्षका लागि गिरी र नारायण पोखरेलले प्रतिष्पर्धा गरेका थिए ।

उपाध्यक्षमा अरुण तिम्सिना सर्वसम्मत हुनुभएको छ । सचिवमा बालचन्द्र कार्की निर्वाचित भएका छन् भने सहसचिवहरुमा मदन ओली, विनिता न्यौपाने र पूजा सुवेदी निर्वाचित भएका छन् । कोषाध्यक्षमा सलिना गुरुङ सर्वसम्मत हुनुभएको छ ।

सदस्यहरुसमेत सर्वसम्मत भइसकेको नेताहरुले जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here