पाँचथरमा बाढी/पहिरोः हेवा खोलाको पक्की पुल बाढीले बगायो, केही मानिस बेपत्ता


३ असार २०८०, आईतवार ०६:४६ मा प्रकाशित

पाँचथर । भीषण बर्षाका कारण फिदिम-जोरपोखरी जोड्ने हेवा खोलाको पक्की पुल बाढीले बगाएका कारण मेची राजमार्गमा सवारी आवागमन ठप्प भएको छ ।

पाँचथरको फिदिम नगरपालिका ४ मा रहेको उक्त पुल बाढीले बगाएपछि पाँचथर-ताप्लेजुङको यातायात सम्पर्क विच्छेद भएको छ ।

भीषण बर्षाका कारण तमोर करिडोरको बेलीब्रिज पनि बाढीले बगाएको खबर छ ।

पाँचथरकै फालेलुङ-मच्छेबुङ मोटरेवल पुल पनि बाढीले बगाएको बताइएको छ ।   बर्षाका कारण पहिरो/बाढीमा परेर केही मानिसहरू सम्पर्कमा नरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । विस्तृत जानकारी आउन बाँकी रहेको प्रहरीको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here