बाढी/पहिरोमा परि पूर्वी पहाडमा २५ जना बेपत्ता


३ असार २०८०, आईतवार ०९:४४ मा प्रकाशित

झापा । मनसुन सुरु भएसँगै परेको वर्षाका कारण पूर्वी नेपालका पहाडी जिल्लामा ठूलो क्षति भएको छ ।

शनिबार राति आएको बाढी र पहिरोमा परी २५ जना बेपत्ता भएका छन् ।

बाढीले ठूलो भौतिक तथा मानवीय क्षति भएको हुनसक्ने भए पनि विवरण आउन बाँकी रहेको सुरक्षा निकायका अधिकारीहरूले बताएका छन् ।

शनिबार राति संखुवासभाको हेवा खोलामा आएको बाढीमा मात्रै १६ जना बेपत्ता भएका छन् ।

संखुवासभाको पाँचखपन नगरपालिका-५ मा एक जनाको शव भेटिएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता ऋषिराम कँडेलले जानकारी दिनुभयो ।

शनिबार राति नै हेवा खोलामै आएको बाढीले पाँचथरको फिदिममा पाँच जना बेपत्ता भएका छन् भने पुलहरू बगेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here