एमाले सरकारबाट हटेपछि कसैले पनि समृद्ध नेपाल र सुखी नेपाली भन्ने आँट गर्न सकेनन्ः ओली


२० जेष्ठ २०८०, शनिबार १८:१० मा प्रकाशित

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले सरकारबाट हटेपछि कसैले पनि समृद्ध नेपाल र सुखी नेपाली भन्ने आँट गर्न नसकेको बताउनुभएको छ ।

एमाले विज्ञान तथा प्रविधि विभागले शनिबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा ओलीले एमाले अघि सारेको समृद्ध नेपाल र सुखी नेपालीलाई एमालेपछिको कुनै सरकार र एमालेविरोधीले अंगिकार गर्न नसकेको बताउनुभएको हो ।

उहाँले केही मान्छे धेरै धनी हुने र केही मान्छे गरिवको गरिव रहने अवस्थालाई समृद्ध नेपाल भन्न नसकिने बताउनुभयो । ओलीले समान रुपमा जनताहरुको आयस्तर बढेपछि मात्रै समृद्ध नेपाल हुन सक्ने जिकिर गर्नुभयो । मावनविकास र समाज विकासलाई प्राथमिकतामा राखेर देशको छिटो जिम्मेवार बिकास हुनुपर्ने उहाँको भनाइ छ ।

उहाँले कृषिलाई प्रविधियुक्त बिकास गर्नुपर्ने भएपनि यसले मानवजिवनमा पार्ने असरलाई ध्यान दिनुपर्ने बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here