काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले सभापतिलाई गाली गरेर पार्टी बलियो नहुने बताउनुभएको छ ।
शनिबार ललितपुरमा नेपाली कांग्रेस जिल्ला कार्यसमिति ललितपुरको प्रथम जिल्ला सम्मेलन उद्घाटन गर्दै सभापति देउवाले गाली वा विरोध गरेर मात्रै पार्टी बलियो नहुने भन्दै पार्टी बनाउनका लागि जनतामाझ जानुपर्ने बताउनुभएको हो ।
उहाँले आफ्नो नेतृत्वमा कांग्रेसलाई पहिलो पार्टी बनाएको र भोलीको दिनमा पनि पार्टी बलियो बनाउन भूमिका निर्वाह गर्ने जिकिर गर्नुभयो । सभापति देउवाले आगामी दिनमा आफु पार्टीको सभापति नवन्ने स्पष्ट पार्नुभयो । उहाँले कुन कुरा कता बोल्नुपर्छ भन्ने कुरा पार्टीका नेताहरुले बुझ्नुपर्ने जिकिर गर्नुभयो ।
त्यस्तै कांग्रेस नेता प्रकाशमान सिंहले समयमा नै पार्टीलाई समयमा नै विधिसम्वत रुपमा अघि बढाउन सके आगामी दिनमा कुनै दल र शक्तिको चूनौति सामना गर्न नपर्ने बताउनुभयो ।
उहाँले पार्टीको बिभागहरुको बिषयलाई टुङ्गाएर सशक्त रुपमा अघि बढ्नुपर्ने धारणा राख्नुभयो ।






