भारतको चार दिने औपचारिक भ्रमणपश्चात प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किँदै


२० जेष्ठ २०८०, शनिबार ०६:५८ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चार दिने भारत भ्रमण पूरा गरि आज स्वदेश फर्कंदै हुनुहुन्छ । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बुधबार भारत जानुभएका प्रधानमन्त्री आज बेलुकी फर्कने कार्यक्रम छ ।

प्रधानमन्त्रीले आफ्नो चार दिने भारत भ्रमण पूर्णरूपमा सफल भएको र यसले नेपालको आर्थिक समृद्धि र विकास प्रक्रियामा नयाँ इँटा थपेको बताउनुभएको छ ।

भारतमा पत्रकारसँगको कुराकानीमा उहाँले भ्रमणका क्रममा भएका सहमति तथा सम्झौता आफैँमा महत्त्वपूर्ण रहेको र समग्र देशको हितलाई केन्द्रमा राखेर आफूले छलफल गरेको बताउनुभयो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको छलफलका आधारमा ऊर्जाको दीर्घकालीन व्यापारमा सहमति भएको हो उहाँको भनाइ छ ।

नेपालको ऊर्जा क्षेत्रमा यस प्रकारको सहमतिले ठूलो लगानी भित्र्याउनसमेत बल पुग्ने उहाँले बताउनुभयो । १० वर्षमा १० हजार मेगावाट बिजुली भारतले आयात गर्ने कुरा आफैँमा ऐतिहासिक र महत्त्वपूर्ण रहेको प्रधानमन्त्री दाहालको भनाइ छ ।

निजी क्षेत्रले उठाउँदै आएको मागबमोजिम बिजुली व्यापारमा भएको सहमतिले नयाँ विश्वास र आधार तयार पारेको उहाँले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here