चीन भ्रमण निकै फलदायी भयोः अग्निप्रसाद सापकोटा


१९ जेष्ठ २०८०, शुक्रबार १८:२० मा प्रकाशित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले चीन भ्रमण निकै फलदायी भएको बताउनुभएको छ ।

चिनियाँ कम्युनिस्ट पार्टीको मैत्रीपूर्ण निमन्त्रणामा १५ दिन लामो चीन अध्ययन भ्रमण पूरा स्वदेश फर्किपछि शुक्रबार पार्टी कार्यालय पेरिसडाडामा पत्रकार सम्मेलन गर्दै सापकोटाले दुई पार्टीकाबीच एक अर्कालाई सहयोग गर्ने लगाएतका बिषयमा निकै फलदायी कुराकानी भएको बताउनुभयो ।

उहाँले चिनियाँ कम्युनिस्ट पार्टीका प्रतिनिधिले शान्ति प्रक्रियाका बारेमा चासो राखेको र यसमा चीनले सहयोग गर्नुपर्नेमा आफूले जोड दिएको बताउनुभयो । भ्रमणका क्रममा जुलाईको अन्तिम साता वा अगस्टको पहिलो सातातिर चीनको भ्रमण गर्ने सम्भावना रहेको प्रधानमन्त्री प्रचण्डको सन्देश चिनियाँ कम्युनिस्ट पार्टीसमक्ष राखिएको उहाँले बताउनुभयो ।

त्यस्तै बिआरआई अन्तर्गत सस्तो व्याजदरमा ऋण भनिएपनि केहि योजनाहरुमा अनुदान दिन प्रधानमन्त्री प्रचण्डले राख्नुभएको प्रस्तावका बारेमा पनि जानकारी गराइएको र सकारात्मक जवाफ प्राप्त भएको सापकोटाले जानकारी दिनुभयो ।

उहाँले आगामी दिनमा चीन भ्रमणलाई व्यवस्थीत गर्नका लागि र अभिलेखिकरण राख्नका लागि समिति बनाइएको जानकारी दिनुभयो । सापकोटाको नेतृत्वमा २० सदस्यीय प्रतिनिधि मण्डल चीनमा दुई साताको अवलोकन भ्रमण सम्पन्न गरी जेठ १८ गते राती स्वेदश फर्किएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here