नागरिक उन्मुक्ति पार्टीद्वारा नेपाल बन्दसम्मका आन्दोलनका कार्यक्रम घोषणा


३ जेष्ठ २०८०, बुधबार १५:०३ मा प्रकाशित

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले नेपाल बन्दसम्मका कार्यक्रम घोषणा गरेको छ ।

बुधबार सो पार्टीले पत्रकार सम्मेलनको आयोजना गरी विरोध प्रदर्शनका कार्यक्रम सार्वजनिक गर्दै सो पार्टीले कोणसभा र प्रदर्शनबाट माग पूरा नभए नेपाल बन्दसम्मको कार्यक्रम ल्याउने घोषणा गरेको हो ।

नागरिक उन्मुक्ति पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले लाल आयोगको प्रतिवेदन सार्वजनिक गरी रेशम चौधरीलगायत टीकापुर घटनामा मुछिएर जेलमा रहेकालाई रिहा गर्न माग गर्नुभएको छ ।

यी माग पुरा नभए नेपाल बन्द सम्मका कार्यक्रम ल्याइने बताउँदै उहाँले पाँच गतेसम्म देशैभरि कोणसभा तथा विरोध प्रदर्शनका कार्यक्रम गर्ने बताउनुभयो ।  उहाँले माग पूरा नभए जेठ ६ गतेदेखि १० गतेसम्म नेपाल बन्द गरिने बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here