पाँचथर । पाँचथरको हिलिहाङ गाउपालिकास्थित भारपामा ट्याक्टरबाट खसेर दुइ बालिकाको मृत्यु भएको छ ।
बुधबार बिहान मेची राजमार्ग अन्तर्गतको भारपामा दुर्घटना हुँदा एकै परिवारका दिदी र बैनीको मृत्यु भएको हो । मृत्यु हुनेमा १३ बर्षीय पुजना सुवेदी र ९ बर्षीय गंगा सुवेदी रहेका छन् ।
ड्राईभर सिटको छेउमा रहेकी पुजना र गंगा ट्याक्टरबाट झरेपछि ट्याक्टरले किचेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनिहरुको मृत्यु भएपछि चालक भग्दा ट्याक्टर दुर्घटना भएको थियो । चालक भग्दा डालीमा बालुवामाथि बसेका दुई जना विद्यार्थी घाईते भएका छन् । घाईतेको पाँचथर जिल्ला अस्पतालमा उपचार भईरहेको छ ।
ट्याक्टरमा ११ जना विद्यार्थी चढेका थिए । तिव्र गतिका कारण विद्यार्थी ट्याक्टरबाट झरेको अनुमान गरिएको छ । ट्याक्टरका चालक तथा सहचलाक फरार रहेका छन् ।
मे १ त २९६१ नम्बरको ट्याक्टर दुर्घटनामा मृत्यु भएकी पुजना जेठि छोरी हुन् भने गंगा सुवेदी माइलि हुन् ।
मृतक पुजना र गंगा हिहिहाङ ७ मा रहेको भवानी मा.बि मा अध्ययन गर्ने स्थानियहरुले बताएका छन् । पुजना कक्षा ८ र गंगा कक्षा ४ मा अध्ययन गर्ने स्थानियहरुले बताएका छन् ।
स्थानियहरुका अनुसार मृतकका बुबा कमल सुवेदी बैदेशिक रोजगारीका लागी मलेसियामा गएका छन् ।
मृतककी आमा अम्बिका सुवेदी कक्षा १२ को परिक्षाका लागि बिराटनगर गएको उनका छिमेकीहरुले बताए । अम्बिका बालबिकास केन्द्रमा शिक्षिकाको रुपमा कार्यरत थिइन् ।






