पहिचानबादीहरूको आन्दोलनमा प्रहरीले चलायो गोली, दुई जना गम्भीर घाइते


२७ बैशाख २०८०, बुधबार ०७:१० मा प्रकाशित

झापा । कोशी प्रदेशको नामकरणको विरोध गर्दै पूर्वका पहिचानबादीहरूले आन्दोलन पुनः चर्काएका छन् ।

मंगलबार साँझ दमकको गरिएको राँके जुलुसमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । सोही झडपका क्रममा प्रहरीको गोली लागेर दुई जना प्रदर्शकारी घाइते भएका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीमाथि राँको प्रहरीमाथि प्रदर्शनकारीले आक्रमण गरेपछि प्रहरीले फायर खोलेको थियो । प्रदर्शनकारीको आक्रमणबाट १० जना प्रहरी घाइते भएका छन् । उनीहरूको उपचार भइरहेको बताइएको छ ।

दमकको पश्चिम बस स्ट्याण्डबाट गणतन्त्र चोकतर्फ ठूलो संख्यामा प्रदर्शनकारीहरू मसालसहित सडकमा निस्किएका थिए ।

सुरक्षाकर्मीले प्रदर्शनकारीहरूले बोकेको मसाल खोस्न खोज्दा झडपको स्थिति बनेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here