ताप्लेजुङ्ग । ताप्लेजुङ्गको पाथिभाराको माथिल्लो फेदीमा मृत भेटिएका झापा अर्जुनधारा नगरपालिका ५ का लोकप्रसाद पराजुलीको शव आज झापा (घर) ल्याइदैछ ।
पाथीभरा दर्शनका लागि जाने क्रममा शुक्रबारदेखि बेपत्ता भएका झापा पराजुली मङ्गलबार मृत अवस्थामा फेला परेका थिए ।
पाथीभरा क्षेत्रको माथिल्लो फेदीदेखि करिब अढाइ किलोमिटर उत्तर तर्फको जङ्गलमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
मानसिक रुपमा सामान्य अस्वस्थ रहेका ६० वर्षीय पराजुली मृत फेला परेका थिए ।
प्रहरीका अनुसार भरियामार्फत मन्दिर जाँदै गर्दा बीचबाटोमै पिसाब फेर्न भन्दै निस्केका पराजुली उक्त समयदेखि नै बेपत्ता भएका थिए ।
पिसाब फेर्न निस्केका पराजुली लामो समयसम्म नफर्किएपछि आफन्त, स्थानीय र प्रहरीको टोली खोजीमा लागेको थियो ।
झापाबाट गत १९ गते श्रीमति, छोरा, बुहारी, नातिनी र आफन्तसहित आएका पराजुली बुधबार बेलुकी माथिल्लो फेदीस्थित होटलमा बसेर बिहान भरियामार्फत मन्दिरतर्फ प्रस्थान गरेका थिए ।






