२५६७औँ बुद्धजयन्तीमा साताव्यापी कार्यक्रम, प्रधानमन्त्री लुम्बिनी जाने 


२१ बैशाख २०८०, बिहीबार १३:२० मा प्रकाशित

भैरहवा / लुम्बिनी विकास कोषले बिहीबार परेको २५६७औं बुद्धजयन्ती तथा एवं लुम्बिनी दिवस–२०८० को अवसरमा साताभरि विविध कार्यक्रमसहित मनाउन जनाएको छ । 

बुद्धको जन्म, बोधिज्ञान प्राप्ति र महापरिनिर्वारणको नियोग परेको दिन वैशाख पूर्णिमाको अवसरमा कोषले विशेष महत्वका साथ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यतामा मुल समारोह कार्यक्रम गर्न लागेको हो ।

दिवसको पूर्व सन्ध्यामा वैैशाख १९ गते देवदहमा देवह सूत/नारी शक्ति प्रवचन गरिएको र वैशाख २१ गते मायादेवी परिसरमा दीप प्रज्वलन तथा महापरित्राण, बुद्धपूर्णिमाका दिन पूर्णिमा पूजा पाठ, शोभा यात्रा, मुल समारोह सहित भोजनदानको कार्यक्रम रहेको लुम्बिनी विकास कोषका कोषाध्यक्ष तथा प्रचारप्रसार उपसमितिका संयोजक ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले जानकारी दिए ।

प्रधानमन्त्री प्रचण्डको सम्बोधन पश्चात सांस्कृतिक संस्थानका कलाकारहरुले पटाचारा नामक नाटक प्रदर्शन र स्थानीय कलाकारहरुबाट भेषभूषामा सास्कृतिक कार्यक्रम, वैशाख २२ गते पण्डितपुरदेखि रामग्राम अस्थिधातु यात्रा र वैशाख २३ गते लुम्बिनीबाट कपिलवस्तु सम्म बोधिसत्व सिद्धार्थको शोभा यात्रासँगै तिलौराकोटमा विशेष समारोह गर्ने उनले बताए । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here