मुलुक अप्ठेरो अवस्थामा पुगेको भन्दै पुरानो गौरव फर्काउन पूर्वराजा ज्ञानेन्द्र शाहको आह्वान


२१ बैशाख २०८०, बिहीबार १४:३७ मा प्रकाशित
पूर्वराजा ज्ञानेन्द्र शाह ।

काठमाडौ । पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुक अप्ठेरो अवस्थामा पुगेको भन्दै पुरानो गौरव फर्काउन आह्वान गर्नुभएको छ ।

बुधबार नेपालगञ्जको रामलिला मैदानमा भएको नागरिक अभिनन्दन समारोहलाई सम्बोधन गर्दै शाहले अहिले पनि जनताको जिवनस्तर सुधार हुन नसकेको र मुलुक पनि अप्ठेरो अवस्थामा पुगेको भन्दै पुरानो गौरव फर्काउन आह्वान गर्नुभएको हो ।

उहाले उद्योग धन्दा, कलकारखाना, उत्पादन निष्प्रभावी रहेका कारण अहिले पनि लाखौ युवाहरु विदेशीन बाध्य भएको जिकिर गर्नुभयो ।

शाहले लामो अवधिसम्म पनि नेपाल र नेपालीको अवस्था पुरानै परिस्थीतिमा रहेको भन्दै देशबासीको अवस्था सुधार गर्ने र जनतालाई शान्ति सुशासनका साथै समृद्धिका गर्ने आफुहरुको भावना, धारणा र नारा रहेको धारणा राख्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here