रुवान्डामा बाढीले एक सय भन्दा बढी मानिसको मृत्यु


२१ बैशाख २०८०, बिहीबार १२:५० मा प्रकाशित

काठमाडौँ । उत्तरी र पश्चिमी रुवान्डामा आएको बाढीमा परी कम्तीमा १०९ जनाको मृत्यु भएको छ ।

रूवान्डाको राज्य सञ्चालित प्रसारक एजेन्सी (आरबीए) ले स्थानीय अधिकारीहरूको तथ्याङ्कलाई उद्धृत गर्दै बुधबार यो संख्या बाहिर ल्याएको हो ।

मङ्गलबार राति परेको वर्षाले उत्तरी र पश्चिमी प्रान्तमा विपत्ति निम्त्याएको आरबीएले जनाएको छ ।

हाल यी प्रान्तहरूको प्रशासनले प्रकाशित गरेको अस्थायी तथ्याङ्क अनुसार १०९ जनालाई मृत घोषित गरिएको छ ।

बाढीको पानी अझै बढिरहेकोले थप मानिसको ज्यान जोखिममा परेको छ ।

बाढीका कारण सबैभन्दा बढी प्रभावित पश्चिमी प्रान्तमा ९५ जना र उत्तरी प्रान्तमा १४ जनाको मृत्यु भएको र बाढीले घर तथा पूर्वाधार बगाएको र सडक बन्द भएको जनाइएको छ ।

’वर्षापछि आएको बाढीले गर्दा ठाउँठाउँमा ठूला पहिरा गएका, रूखहरू ढलेका र सडक पुरिएका छन् । बाढीले बगानहरू पनि बगेका छन् ।

हामीले ठूलो समस्याको सामना गर्नुपरेको छ’, उत्तरी प्रान्तकी एक बाढीपिडित महिलाले आरबीएसँग भनिन् । एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here