चितवनमा लामिछाने फराकिलो मतान्तरले अगाडी


१२ बैशाख २०८०, मंगलवार ०६:२५ मा प्रकाशित

चितवन । प्रतिनिधिसभाको उपनिर्वाचनअन्तर्गत चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले मतान्तर झनै फराकिलो पारेका छन् ।

निर्वाचन आयोगको पछिल्लो तथ्यांकअनुसार उनले ४० हजार ६९ मत प्राप्त गर्दा उनका निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले सात हजार ४ सय ५७ मत पाएका छन् । उनीहरुबीचको मतान्तर ३२ हजार ६ सय १२ रहेको छ ।

त्यस्तै, तेस्रो स्थानमा रहेका नेकपा एमालेका रामप्रसाद न्यौपानेले ७ हजार २ सय ६८ मत पाएका छन् । चितवन २ मा अहिले मतगणना जारी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here