काँग्रेसको गढ मानिने तनहुँमा रास्वपाका वाग्ले विजयी


१२ बैशाख २०८०, मंगलवार ०६:१९ मा प्रकाशित

तनहुँ । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा तनहुँ क्षेत्र न‌. १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्ले भारी मतले विजयी भएका छन्।

सत्ता गठबन्धनका साझा उम्मेदवार बनेका नेपाली कांग्रेसका गोविन्द भट्टराईलाई पराजित गर्दै विजयी भएका हुन्।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार वाग्लेले ३४ हजार ९१९ मत प्राप्त गरेका छन्। उनका निकटतम् प्रतिद्वन्द्वी भट्टराईले २० हजार १२२ मत प्राप्त गरे। यसैगरी एमालेका सर्वेन्द्र खनालले ८ हजार ४८८ मत ल्याएका छन्।

कूल ६५ हजार ३१६ खसेको मतमध्ये ६४ हजार १३५ मत सदर भएको थियो। तनहुँ १ बाट निर्वाचित कांग्रेस नेता रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि त्यहाँ उपनिर्वाचन भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here