नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले नवनिर्वाचित राष्ट्रिय सभा र प्रतिनिधि सभा सदस्यहरुलाई संसदमा प्रभावकारी भुमिका निर्वाह गर्न वरिष्ठ नेता र विज्ञहरुसँग नियमित सरसल्लाह गर्न सुझाव दिनुभएको छ ।
सोमवार धुम्बाराहीमा नवनिर्वाचित सांसदहरुलाई बधाई ज्ञापन गर्न आयोजित कार्यक्रममा बोल्दै नेता कोईरालाले संसदमा आउने विभिन्न विषय र मुद्दाहरुमा गहिरो अध्ययन र छलफलको आवश्यकता रहेको बताउनुभएको हो ।
यस पटक वरिष्ठ र पुराना सांसदहरु धेरै नभएको उल्लेख गर्दै कोईरालाले उनीहरुको अनुभवबाट लाभ लिन नवनिर्वाचित सांसदहरुलाई आग्रह गर्नुभयो । नेपाली काँग्रेसले यस्ता कार्यक्रमहरु पहिलेदेखि नै गर्दै आएको स्मरण गर्दै उहाँले नवनिर्वाचित सदस्यहरुलाई सफल कार्यकालको शुभकामना समेत दिनुभयो ।
कार्यक्रममा काँग्रेसका विभिन्न तहका नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।






