समस्यामा सुधार आएपछि फ्लाई दुबईको जहाज गन्तव्यतर्फ मोडियो


११ बैशाख २०८०, सोमबार २२:२० मा प्रकाशित

काठमाडौ । फ्लाई दुबईको जहाज दुर्घटना हुनबाट बचेको छ । एउटा इन्जिनमा समस्या आएर असामान्य झिल्का र विस्फोटको आवाज सुनिएपनि केहीबेर आकाशमै होल्ड भएर जहाज गन्तव्यतर्फ लागेको छ।

त्रिभुवन विमानस्थलबाट दुबईका लागि उडेको कलसाइन एफडीबी ५७६ भएको जहाज उडेको केहीबेरमै समस्याग्रस्त बनेको थियो ।

असामान्य अवस्थाको जहाजले आकासमा केहीबेर फन्को लगाएको थियो ।

पाइलटले जहाजलाई केहीबेर अघि उडान नियमित गर्न सकिने भनेर विमानस्थलको टासरसँग अनुमति मागेपछि अनुमति दिइएको बताइएको छ ।

यससँगै जहाज गन्तव्यतर्फ लागेको त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए ।

उनका अनुसार सम्भावित दुर्घटनालाई ध्यान दिँदै विमानस्थलमा सुरक्षाका आवश्यक सबै तयारी अपनाइएको थियो ।

प्राविधिक समस्या देखिएको सो जहाजमा १६९ जना यात्रु रहेका थिए । जहाजमा १२० विदेशी र ४९ जना नेपाली रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here