भरत प्रसाई , कनकाई । महिलाहरुलाई सीप सिकाएर स्वरोजगार बनाउने उध्येश्यले झापाको कनकाईमा सात दिने पोते बनाउने तालीम शुरु भएको छ।
कनकाई नगरपालिकाकाे आर्थिक सहयोग तथा वडा नम्बर १ स्थित सहजिकरण महिला समुहकाे आयाेजनमा महिला समुहकि अध्यक्ष लीला प्याकुरेलको सभापतित्वमा भएको तालिमको उद्घाटन कनकाई नगर प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि राजेन्द्रकुमार पोख्रेलले ब्यानर वाचन गरे गर्नुभएको थियो।
कार्यक्रमका प्रमुख अतिथि पोख्रेलले महिला दिदीबहिनीहरुले आफ्नाे पहुँच तथा नियन्त्रणमा अगाडी बढ्न, आफ्नो आवाजलाई सहभागीताका आधारमा एकताबद्ध रुपमा ल्याउन महिलाहरूकाे सबैभन्दा महत्त्वपूर्ण पक्ष हो भन्दै महिला आफू आफ्नै सिपकाे माध्यमबाट आर्थिक स्रोत आर्जन गरि आर्थिक स्तर उन्नतिमा विद्धि गर्ने र आय आर्जन पहुँच तथा नियन्त्रणमा आत्मा सम्मानका साथ बाच्न पाउने भन्ने उदेश्य अनुसार महिलाहरुलाई सिपमुलक तालिम लिएर व्यवसायीक तबरले ब्याबसाय सञ्चालन गर्ने गरि उत्साह अनि प्रतिबद्धताका साथ तालिमको आयाेजना गरिएको नगर प्रमुख पोख्रेलले बताउनुभयो ।
कनकाई १ स्थित दुर्गापुरमा रहेको सामुदायिक भवनमा आगामी १६ गते सम्म चल्ने तालीममा प्रतेक टोल टोलका महिला दिदिबहिनीहरुलाई सीप सिकाई स्वरोजगार बनाउने उध्येश्यले सिपमुलक व्यवसायी पाेते बनाउने तालिम शुरु गरिएको कनकाई वडान १ का अध्यक्ष शुशिलकुमार पोख्रेलले बताउनुभयो ।
कार्यक्रममा १ का अध्यक्ष पोख्रेल , वडा न २ का अध्यक्ष प्रताप राई ,वडा न ३ का अध्यक्ष युवराज चौलागाईं, वडा न ४ का रोषन सुवेदी , वडा न अध्यक्ष न ५ का अध्यक्ष कृष्णबहादुर राई , वडा न ६ का अध्यक्ष दीर्घ बहादुर थापा ,वडा न ७ का अध्यक्ष भीष्मभुसण सिटौला, वडा न ८ का अध्यक्ष लीलाबहादुर कटुवाल, वडा न ९ का अध्यक्ष राजेन्द्र उप्रेती ,कनकाई बिहानी क्लबका अध्यक्ष मनोज बस्नेत लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
वडा सदस्यहरु निर्मला खड्का, हरिकुमार राई, संगीता ल्वागुन, दलबहादुर थापा लगायत सयौंको उपस्थिति रहेकोे तालिमको सहजिकरण गगा भट्टराईले गरिरहनु भएको छ ।
कार्यक्रममा बिपन्न तथा ईच्छुक ३० जना महिलाहरुकाे सहभागीता रहेकाे कार्यक्रमको सहजीकरण महिला समुहकी सदस्यीय मिना खड्काले गर्नुभएको थियोे ।






