दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले आज विश्वासको मत लिँदै हुनुहुन्छ । मुख्यमन्त्री गिरीले आज बिहान ११ बजे बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिन लाग्नु भएको हो ।
नेकपा एमालेबाट मुख्यमन्त्री बन्नुभएका गिरी नेतृत्वको सरकारलाई दिएको समर्थन माओवादी केन्द्र लगायतका अन्य दलले फिर्ता लिएपछि मुख्यमन्त्री गिरीले आज पुनः विश्वासको मत लिन लाग्नुभएको हो ।
उहाँ ५८ प्रदशसभा सदस्यको समर्थनमा गत पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । ८७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४४ मत आवश्यक पर्छ ।
तर मुख्यमन्त्री गिरीको सरकारलाई एमालेका २९ र राप्रपाका ४ जना सांसद गरी ३३ जनाको मात्रै समर्थन गरेकोले लुम्बिनी प्रदेशमा पनि एमाले नेतृत्वको सरकार ढल्ने निश्चित जस्तै देखिन्छ ।






