चितवन २ को मतगणना दिउँसो १ बजेबाट सुरु हुने


११ बैशाख २०८०, सोमबार १२:०३ मा प्रकाशित

चितवन । प्रतिनिधिसभा सदस्‍य चयनका लागि चितवन -२ मा भएको उपनिर्वाचनको मतगणना दिउँसो १ बजेबाट हुने भएको छ।  

जिल्ला निर्वाचन अधिकृत भिमसेन कार्कीले मतगणना दिउँसो १ बजेबाट सुरू गरिने जानकारी दिए। चितवन उद्योग संघको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा मतगणनाको तयारी गरिएको छ।

नेपाली कांग्रेसका प्रतिनिधिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध आचारसंहिता उल्लंघनको मुद्दाको सुनुवाइ नभएसम्म मतगणना गर्न नहुने अडान लिएपछि मतगणनामा ढिलाइ भएको हो।

चितवन–२ बाट निर्वाचित लामिछानेको नागरिकता विवादमा सर्वोच्च अदालतले सांसद पद खारेज गरिदिएपछि उपनिर्वाचन भएको हो। यसपटक उपनिर्वाचनमा ६३ प्रतिशतमात्र मत खसेको छ।

चितवनमा एमालेका रामप्रसाद न्यौपाने,कांग्रेसका जितनारायण श्रेष्ठ,रास्वपाका लामिछानेलगायत उम्मेदवार प्रतिस्पर्धामा छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here