नेपाल प्रहरीका चार डीआईजीलाई एआईजीमा बुढुवा गर्ने सरकारको निर्णय


२४ चैत्र २०७९, शुक्रबार ११:४२ मा प्रकाशित

काठमाडौँ । नेपाल प्रहरीका चार प्रहरी नायव महानिरीक्षक (डीआईजी) लाई अतिरिक्त महानिरीक्षक (एआईजी) बुढुवा गरिएको छ ।

आज शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले बढुवा समितिले गरेको सिफारिस अनुसार बढुवाको निर्णय गरेको हो ।

डीआईजीबाट एआईजीमा बढुवा हुनेहरुमा सन्दीप भण्डारी, सुदीप गिरी, मीरा चौधरी र टेकबहादुर तामाङ रहेका छन् ।

गत चैत १३ गते सोमबार गृह मन्त्रालयका सचिव नेतृत्वको बढुवा समितिको बैठकले नेपाल प्रहरीको जनपद समूहतर्फका ४ जना डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here