चैत्र शुक्ल पूर्णिमाको अवसरमा काठमाडौको बाइसधारमा विशेष मेला


२३ चैत्र २०७९, बिहीबार १७:५४ मा प्रकाशित

काठमाडौ । चैत शूक्ल पूर्णिमा दिन बिहीबार ऐतिहासिक महत्व बोकेको काठमाडौंको बालाजु स्थित बाइसधारामा विशेष मेला लागेको छ ।

मेलाका अवसरमा बाइसधारामा स्नान गर्ने भक्तजनको घुँइचो लागेको थियो । मेलामा नुवाकोट, धादिङ, रसुवा, चितवन लगायतका विभिन्न जिल्लाहरुबाट भक्तजनहरु बाइसधारा आउने गर्दछन् । तत्कालीन राजा प्रताप मल्लले निर्माण गरेको उक्त धारामा नागार्जुनको डाँडाबाट पानी आउने गर्दछ ।

यस दिन बालाजु बाइस धाराको पानीले स्नान गरे पाप पखालिने, रोग निको हुने र चिताएको पूरा हुने धामिर्क विश्वास रहिआएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here