बिर्तामोडको गन्तव्य डान्सबारमा लफडाः दुई घाइते , तीन पक्राउ


१४ बैशाख २०८३, सोमबार ११:३५ मा प्रकाशित

झापा। बिर्तामोडको गन्तव्य डान्सबारमा लफडा भएको छ । गएराति १;३० बजे बिर्तामोड २ स्थित गन्तब्य डान्सबारमा लफडा भएको हो । बाउन्सरको कुटपिटमा मेचीनगर १ बस्ने बर्ष २० का सिद्धार्थ शाही र सोही ठाउँ बस्ने बर्ष ३० का कर्ण राई घाइते भएका छन् । घाइतेहरुको बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।

कुटपिटमा संलग्न तीनजनालाई प्रहरीले पक्राउ गरेको छ भने एकजना फरार भएका छन् । पक्राउ पर्नेहरुमा मेचीनगर १२ बस्ने बर्ष २१ का निशान लामा , सोही ठाउँ बस्ने बर्ष २२ का प्रशान्त लिम्बू र भद्रपुर ८ बस्ने बर्ष २२ का नित्य राजवंशी रहेका छन् ।

त्यस्तै अर्जुनधारा नगरपालिका वडा नखुलेको बर्ष २० का लाक्पा तामाङ फरार भएका छन् । उनको खोजतलास भइरहेको प्रहरीले जनाएको छ । डान्सबारमा झगडा भएपछि इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली खटिएको थियो ।

गन्तव्य डान्सबारमा पटक पटक लफडा हुँदै आएको छ ।निर्भिक शिवाकोटी संचालक रहेको त्यस डान्सवार अनुमतिबिना बिहानको ४ बजेसम्म संचालन गर्दा त्यहाँ अहिलेसम्म करिव ८ पटक त्यस किसिमको झडप भइसकेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here