सहकारी क्षेत्रको विकास र विश्वासनीयतामा उव्जेका आशंका र प्रश्नहरुको समाधान खोज्नुपर्नेमा प्रधानमन्त्रीको जोड


२३ चैत्र २०७९, बिहीबार १७:५८ मा प्रकाशित

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारी क्षेत्रको विकास र विश्वासनीयतामा उव्जेका आशंका र प्रश्नहरुको समाधान खोज्नुपर्नेमा जोड दिनुभएको छ ।

बिहीबार काठमाडौंमा तेस्रो राष्ट्रिय सहकारी महासम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय अर्थतन्त्रको विकासमा महत्वपूर्ण योगदान गर्दै आएको र राज्यले उच्च प्राथमिकतामा राखेको सहकारीको विकास र विश्वासनीयतामा समेत केही आशंका र प्रश्नहरू उठिरहेको सन्दर्भमा स्वनियमनलाई नारामा मात्र सीमित नराखी व्यवहारमा उतार्न अनुरोध समेत गर्नुभयो ।

नेपालको अर्थतन्त्रको एक खम्बाको रूपमा रहेको सहकारी अभियानलाई सशक्त रूपमा स्थापित गराउन आवश्यक पहलकदमी लिन नेपाल सरकार सदैव तत्पर रहने उहाले बताउनुभयो । वित्तीय क्षेत्रमा देखापरेको तरलताको समस्या सहकारीमा समेत देखा परिरहेको भन्दै प्रधानमन्त्री प्रचण्डले सदस्यको बचतका साथसाथै सहकारीप्रतिको आशा र भरोसा समेतको सुरक्षा गर्नुपर्ने दायित्व यतिबेला देखापरेको बताउनुभयो ।

ऐन, कानुन र सहकारी सिद्धान्त, मूल्य मान्यतालाई आत्मसाथ गरी सञ्चालन भएका सहकारी संस्थाहरुमा आएका समस्या समाधानमा सरकारको तर्फबाट आवश्यक सहजीकरण गरिने उहाको भनाइ छ । बाइट………

त्यस्तै उहाले आयातमुखी अर्थतन्त्रलाई निरूत्साहित गरी उत्पादन संरक्षण र प्रर्बद्धन गर्ने सन्र्दभमा सहकारी अभियानसँग समन्वय र सहकार्य गर्नु सरकारको प्राथमिकता रहने धारणा राख्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here