अपराध अनुसन्धान कार्य सुधार गोष्ठी बिराटनगरमा सम्पन्न


२३ चैत्र २०७९, बिहीबार १७:४९ मा प्रकाशित

बिराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सभाहलमा एक दिने अपराध अनुसन्धान कार्य सुधार गोष्ठी(२०७९ सम्पन्न भएको छ ।

आज बिहान प्रदेश प्रहरी कार्यालयका निमित्त कार्यालय प्रमुख प्रहरी वरिष्ट उपरीक्षक राजेशनाथ बस्तोलाको प्रमुख आतिथ्यतामा संचालन भएको गोष्ठीमा कोशी प्रदेश अन्तरगतका जिल्ला प्रहरी कार्यालय तथा मुद्दा चल्ने इलाका प्रहरी कार्यालयहरुको अपराध अनुसन्धान शाखामा कार्यरत प्रहरी निरीक्षक तथा जुनियर प्रहरी अधिकृतहरुको सहभागिता रहेको थियो ।

कार्यक्रम उदघाटनको क्रममा प्रमुख अतिथि बास्तोलाले अपराध अनुसन्धान कार्य सुधार गोष्ठीले अनुसन्धानकर्ताहरुमा दक्षताको बिकास भई अनुसन्धानमा प्रभावकारीता आउनुको साथै अनुभव आदान प्रदानले अनुसन्धानमा थप ज्ञान बढ्ने विश्वास दिलाउनुका साथै प्रहरीले सफल अनुसन्धान गरेमा प्रहरी सङगठनको छवि सदैव उच्च रहने हुँदा अनुसन्धानकर्ता प्रहरीले त्रुटि रहित तवरबाट अनुसन्धान गर्नु पर्ने बताउनु भयो ।

यसका साथै वहाँले पछिल्लो समय प्रबिधीको प्रयोग गरी धेरै जसो अपराधहरु बढिरहेको हुँदा त्यस्ता प्रकारका अपराध रोकथाम तथा नियन्त्रणमा प्रहरी प्रबिधी मैत्री हुनुको बिकल्प नरहेको बताउदै अपराध अनुसन्धानको क्षेत्रमा काम गर्ने प्रहरी कर्मचारीहरु बढी संबेदनशिल भई पारदर्शी रुपमा काम गर्ने निर्देशन समेत दिनु भयो ।

सुधार कार्य गोष्ठीमा सहभागी अनुसन्धानकर्ता प्रहरी अधिकृतहरुलाई नेपाल प्रहरी प्रदेश कार्यालय धरानका प्रहरी उपरीक्षक भीम बहादुर दाहालले प्रहरीले अपराध अनुसन्धानलाई त्रुटी रहित बनाई अनुसन्धानमा देखिएका समस्याहरुलाई दक्षताका साथ समाधान गर्ने विषयमा घटनाको प्रारम्भिक अनुसन्धान, अनुसन्धानात्मक सोधपुछ, हिरासत व्यवस्थापन, भौतिक सबुद परिक्षण, एजयतयनचबउजथ, क्पभतअज, त्चबााष्अ क्पभतअज, ख्ष्मभयनचबउजथ, ऋऋत्ख् ँययतबनभ, ँबअभदययप, थ्यगत्गदभ ७ ख्ष्मभय ऋयििभअतष्यल, अभियुक्त ९प्रतिवादी० पहिचान, खोजी र पक्राउ, अनुसन्धान डायरी कार्यान्वयन, पुरानो पेण्डिङ मुद्दाको अध्ययन र ँयिियध गउ, फरार अभियुक्तको खोजी र पक्राउ, विशेष प्रकारका अपराधको प्रवृति विश्लेषण र अपराध नियन्त्रण कार्ययोजना निर्माण र कार्यान्वयन गर्दा हुनसक्ने त्रुटिहरु र सुधारका विषयहरुमा प्रशिक्षण, छलफल तथा अन्तरक्रिया समेत गर्नु भएको थियो ।

यसका साथै प्रशिक्षक र प्रशिक्षार्थूबिच अनुसन्धानका बिबिध पक्षको बिषयमा भएको छलफलमा देखिएका र अनुसन्धानको क्रममा हुने कमी कमजोरीहरुलाई सुधार गर्ने प्रतिबद्धता जनाउने गरी प्रतिबद्धता पत्रमा हस्ताक्षर समेत गरिएको थियो ।

उपलब्ध श्रोत साधनको उच्चतम प्रयोग गरी अनुसन्धान पद्धतीलाई थप बैज्ञानिक, व्यबसायिक र पारदर्शी बनाउँदै अपराध अनुसन्धानका विभिन्न पक्षहरुमा छलफल तथा अन्तरक्रियाबाट प्राप्‍त रायसुझाब र निष्कर्षको आधारमा कार्यसम्पादनमा देखा परेका कमी कमजोरी र त्रुटी सुधार गरी अनुसन्धान कार्यमा प्रभावकारीता ल्याउनु सुधार गोष्ठीको मुख्य उदेश्य रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here