प्रदेश १ को पुनःनामाङकरण हुनुपर्ने भन्दै किरात याक्थुङ चुम्लुङ द्वारा विराेध प्रर्दशन


१७ चैत्र २०७९, शुक्रबार १८:०२ मा प्रकाशित

काठमाडौं । ऐतिहासिक पृष्ठभूमिको आधारमा प्रदेश १ को पुनःनामाङ्करण हुनुपर्ने भन्दै काठमाडौंमा विरोध प्रदर्शन भएको छ ।

प्रदेशको नाम कोशी खारेज गरि ऐतिहासिक पृष्ठभूमिको आधारमा प्रदेश १ को पुनःनामाङकरण हुनुपर्ने भन्दै किरात याक्थुङ चुम्लुङ लगाएतका संस्थाहरुले शुक्रबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् ।

उनीहरुले पहिचानका आधारमा प्रदेश १ को पुनःनामाङकरण हुनुपर्ने माग राखेका छन् भने प्रदेश नामाङ्करणको विरोधमा भएको प्रदर्शनका ज्यान गुमाएका लाजेहाङ लिम्वुलाई सहिद घोषणा गर्नुपर्ने माग राखेका छन् ।

प्रदेश १ को नाम कोशी राख्‍ने निर्णय खारेज नभएसम्म निरन्तर आन्दोलन गर्ने उनीहरुले चेतावनी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here