अर्जुनधारा २ मा निःशुल्क स्वास्थ्य शिविर, २ सय ४० जनाले लिए सेवा


१७ चैत्र २०७९, शुक्रबार १८:२१ मा प्रकाशित

अर्जुनधारा । जेष्ठ नागरिक सामुदायीक मिलन समाज अर्जुनधाराको आयोजनामा झापाको अर्जुनधारा २ मा आँखा तथा कान सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

शान्ति सामुदायीक वन उपभोक्ता समुहको कार्यालयमा संचालन भएको शिविरमा २ सय ८४ जनाले सेवा लिएको चिकित्सक अजित कुमार ठाकुरले जानकारी दिनुभयो ।

अर्जुनधारा २ को शान्ति सामुदायीक वनको सह–आयोजना तथा अर्जुनधारा नगरपालिकाको आर्थिक सहयोग र दृष्टी आँखा अस्पतालको प्राविधिक सहयोगमा शिविर संचालन भएको हो।

शिविरमा २ सय ४० जनाले आँखा सम्बन्धिको स्वास्थ्य सेवा लिएको डाक्टर ठाकुरले बताउनु भएकाे हाे ।

उनिहरुको थप उपचारमा अस्पतालले ५० प्रतिशत छुट दिने बताइएको छ ।

शिविरमा सेवा लिन आएका सेवाग्राही तथा बिरामीहरुलाई निशुल्क औषधी र चस्मा बितरण गरिएको आयोजक संस्था जेष्ठ नागरिम सामुदायीक मिलन समाज अर्जुनधाराका अध्यक्ष राम प्रसाद भट्टराईले जानकारी दिनुभएकाे हाे ।

उहाँले जेष्ठ नागरिक सामुदायीक मिलन समाजले गर्ने बिभिन्न कार्यक्रम मध्ये स्वास्थ्य शिविर पनि रहेको र यो बर्ष दुर्गम भेगका नागरिकले समेत सहज सेवा लिउन भन्ने उदेश्यकासाथ अर्जुनधारा २ मा शिविरको आयोजना गरिएको हाे ।

शिविरमा दृष्टी आँखा अस्पतालका चिकित्सकहरु डा। कौशल किसोर साहु र डा।अजित कुमार ठाकुरले आँखा तथा कान रोग सम्बन्धिका बिरामीहरुको परिक्षण गर्नुभएको थियो । शिविरमा २ जना डाक्टरसहित ६ जना स्वास्थ्यकर्मीले सेवा दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here