नवनियुक्त मन्त्रीहरूद्वारा शपथ ग्रहण


१७ चैत्र २०७९, शुक्रबार १६:३९ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीपरिषद् विस्तार गर्नुभएको छ ।

शुक्रबार प्रधानमन्त्री प्रचण्डले बिभिन्न दलहरुलाई समेटेर सातौंपटक मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो । नवनियुक्त उपप्रधान सहित मन्त्रीहरुलाई शितल निवासमा आयोजित समारोहकाबीच राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको सपथ गराउनुभयो ।

सरकारमा सहभागी उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूणर्बहादुर खड्का, अर्थमन्त्री प्रकाशशरण महत, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल, शहरी विकासमन्त्री सीता गुरुङले सपथ ग्रहण गर्नुभएको छ ।

त्यस्तै उपप्रधानमन्त्री एवं गृहमन्त्रीमा नारायणकाजी श्रेष्ठ, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीमा शक्ति बस्नेत, महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीमा महिन्द्रप्रसाद राय यादव, सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा रेखा शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा सुदन किराती र सामान्य प्रशासनमन्त्रीमा अमनलाल मोदी सरकारमा सहभागी हुनुभएको छ भने रञ्जिता श्रेष्ठ चौधरी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री र लोसपाका शरतसिंह भण्डारी श्रम तथा रोजगारमन्त्री बन्नुभएको छ ।

त्यस्तै वेदुराम भुसाल कृषि तथा पशुपक्षी विकास र प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायातमन्त्री, अशोक राई शिक्षा विज्ञान तथा प्रविधिमन्त्री बन्नुभएको छ । सातौंपटक मन्त्रिपरिषद् विस्तार भएपनि सरकारले भने पूणर्ता पाउन सकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here