प्रधानमन्त्री प्रचण्डद्वारा मन्त्रिपरिषद् विस्तार


१७ चैत्र २०७९, शुक्रबार १३:५७ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको छ ।

नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जसपासहितका सहयात्री दललाई समेटेर प्रचण्डले मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो ।

यद्यपि मन्त्रिपरिषद्ले पूर्णता पाउन भने बाँकी नै छ ।

कांग्रेसकातर्फबाट नेतृत्व गर्दै उपसभापति पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षामन्त्री बन्नुभएको छ ।

अर्थमा डा. प्रकाशशरण महतलाई पठाइएको छ भने रमेश रिजाल र सीता गुरुङ पनि कांग्रेसबाट मन्त्री बनेका छन् ।

जसपाबाट अशोक राई शिक्षा मन्त्री बन्नु भएको छ ।

प्रधानमन्त्रीले २१ जनाको नाम राष्ट्रपति कार्यालयमा बुझाएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमिल्सिनाले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here