काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।
सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाउन कांग्रेसले पार्टी कार्यालय बीपीनगर सानेपामा बिहान ११ बजे बैठक बोलाएको हो ।
यसअघि गत मंगलबारका लागि बोलाइएको बैठक सत्ता साझेदारबीच मन्त्रालय भागवण्डामा सहमति नजुट्दा दुई दिन पछि सरेको थियो । बुधबार सत्ता गठबन्धन दलहरूले मन्त्रालय भागबण्डाको संख्यामा सहमति जुटाएका थिए ।
आज बिहान पुनः बैठक बसेर मन्त्रालय भागबन्डाबारे टुंगो लगाएसँगै कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठकमार्फत मन्त्रीको टुंगो लगाउन लागेको हो ।