काठमाडौँ । राष्ट्रियसभाको बैठक आज बस्दै छ । बिहान ११ बजेका लागि बोलाइएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तार वटा प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ ।
प्रधानमन्त्री प्रचण्डले थारु आयोगको चौथो वार्षिक प्रतिवेदन २०७८-७९, राष्ट्रिय समावेशी आयोगको चौथो वार्षिक प्रतिवेदन २०७८-७९, राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन २०७८-७९ र आदिवासी जनजाति आयोगको तेस्रो वार्षिक प्रतिवेदन २०७८-०७९ सदनमा पेस गर्नुहुनेछ ।
त्यसैगरी बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिको वार्षिक प्रतिवेदन कार्यान्वयनको अनुगमन एवं मूल्यांकन प्रतिवेदन २०७९ र राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ माथि छलफल गर्ने सम्भावित कार्यसूची रहेको सचिवालयले जनाएको छ ।