प्रधानमन्त्री प्रचण्डद्वारा आज सरकार विस्तार गर्ने तयारी


१६ चैत्र २०७९, बिहीबार ०७:३३ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज सरकार विस्तार गर्ने तयारी गर्नुभएको छ ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा बुधबार बसेको सत्तागठबन्धनको बैठकले भागबण्डा मिलाएसँगै सरकार विस्तार हुने भएको हो ।

जसअन्तर्गत नेपाली कांग्रेसले आठ मन्त्रालय पाउने भएको छ । यस्तै नेकपा माओवादी केन्द्रले प्रधानमन्त्रीसहित पाँच मन्त्रालय पाउने भएको छ । साथै माओवादीले थप एक राज्यमन्त्री पनि पाउने भएको छ । 

त्यस्तै एकीकृत समाजवादी र जनता समाजवादीले २-२ मन्त्रालय पाउने भएका छन् । यस्तै नागरिक उन्मुक्ति पार्टी, बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टी र प्रभु शाहले एक-एक मन्त्रालय पाएका छन् । 

यस्तै सिके राउतको जनमत पार्टीले एक मन्त्री र राज्यमन्त्री गरी दुई पाउने भएको छ । एक राज्यमन्त्रीबारे भने अझै टुंगो लागेको छैन ।

त्यस्तै आज कुन दलले कुन मन्त्रालय आउने बन्ने टुंगो लगाएर नयाँ मन्त्रीहरुको शपथ गराउने तयारी रहेको छ । 

स्रोतका अनुसार माओवादी केन्द्रले गृह मन्त्रालय लिने भएको छ भने नेपाली कांग्रेसले अर्थ मन्त्रालय लिने सहमति भएको छ । त्यस्तै एकीकृत समाजवादीले भौतिक पूर्वाधार मन्त्रालय लिने मोटामोटी सहमति भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here