राप्रपाद्वारा कोशी प्रदेश भइरहेको आन्दोलनबारे सरकारको धारणा माग


१५ चैत्र २०७९, बुधबार १६:१२ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले कोशी प्रदेश नामाङ्करणको विरोधमा भइरहेको आन्दोलनको बारेमा सरकारको धारणा माग गरेको छ ।

प्रतिनिधिसभाको बुधबारको बैठकको बिशेष समयमा बोल्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले कोसी प्रदेश नामाकरणका बिषयमा द्वन्द्व सुरु भएको भन्दै यस बिषयमा सरकारले आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने बताउनुभयो ।

कोशी प्रदेश नामाङ्करणमा भइरहेको बिरोधमा सरकारले अनदेखा गरिरहेको र गम्भीरतापूर्वक नलिदा मान्छेको ज्यान गएको उहाले बताउनुभयो । उहाँले सैद्धान्तिक रुपमा राप्रपाले प्रदेश संरचना आवश्यक नरहेको र द्वन्द सिर्जना गर्न सक्छ भनिरहेको अवस्थामा अहिले त्यही कुरा पूर्वमा देखिन थालेको जिकिर गर्नुभयो ।

त्यस्तै लिङ्देनले मिटरव्याजी पीडितको धर्नालाई समर्थन जनाउदा जाँदा आफ्ना नेता ज्ञानेन्द्र शाहीलाई सत्तापक्षका कार्यकर्ताले दुर्व्यवहार गरेको आरोप लगाउनुभयो ।

उहाले मिटरब्याजीको समस्या समाधानमा ढिलासुस्ती नगर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here