माधव नेपालद्वारा पार्टीको आकस्मिक बैठक आह्वान


१५ चैत्र २०७९, बुधबार १३:२६ मा प्रकाशित

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले सचिवालयको आकस्मिक बैठक बोलाएको छ । अध्यक्ष माधव नेपालले पार्टी कार्यालय आलोकनगरमा आज बुधबार दिउँसो साढे १ बजे बस्नेगरी सचिवालयको बैठक बोलाउनु भएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संग ‘वान टु वान’ वार्ता गरेपछि पार्टीको तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाउन अध्यक्ष नेपालले सचिवालयको आकस्मिक बैठक बोलाउनु भएको हो ।

अध्यक्ष नेपालले आफ्नो पार्टीले ३ मन्त्रालयको अडान नछाडेपछि प्रधानमन्त्री प्रचण्डले ‘वान टु वान’ वार्ता गर्नुभएको हो । प्रधानमन्त्री प्रचण्डसंगको वार्तापछि प्रधानमन्त्री प्रचण्डले आज बेलुकासम्म मन्त्रीको नाम दिन भनेपछि नेपालले बैठक बोलाउनु भएको हो ।

एकीकृत समाजवादीको आज बस्ने बैठकले एक जनामात्रै पठाउँदा कसलाई र अर्को चरणमा कसलाई पठाउने भन्नेबारे निर्णय गर्नेछ । प्रचण्डले नेपाललाई आज बेलुकासम्म जसरी पनि मन्त्री बन्ने एक जनाको नाम आग्रह गर्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here