‘मिसन ग्रासरुट’ ओली आज अर्घाखाँची जाँदै


१२ चैत्र २०७९, आईतवार ०८:०६ मा प्रकाशित

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज अर्घाखाँची जानु हुने भएको छ । एमाले नेता गिरीधारीलाल न्यौपानेका अनुसार ओली आज बिहान अर्घाखाँची जान लाग्नु भएको हो ।

उहाँ बिहान १० बजेसम्म सन्धिखर्क पुग्नु हुनेछ । त्यसक्रममा ओलीले बाटोमा पर्ने सुपा देउराली मन्दिरको दर्शन गर्ने कार्यक्रम छ ।  

उहाँले आज मध्यान्ह १२ बजे सन्धिखर्कमा आयोजना हुने पार्टीको मिसन ग्रासरुट अभियानसम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्नुहुनेछ । सो कार्यक्रमलाई सम्बोधन गरेर ओली​ आजै सन्धिखर्क नगरपालिकास्थित अर्घा भगवती मन्दिरको दर्शन गर्ने कार्यक्रम छ । 

ओली सोमबार बिहान अर्घाखाँचीको मालारानी गाउँपालिका हुँदै गुल्मीको सदरमुकाम तम्घास जानु हुनेछ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here