नारायणकाजी गृहमन्त्री बन्दै !


१२ चैत्र २०७९, आईतवार ०७:४२ मा प्रकाशित

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारमा रहेका मन्त्रीहरूको जिम्मेवारी हेरफेर गर्ने संकेत दिएको छ । प्रधानमन्त्री प्रचण्डको सचिवालय स्रोतका अनुसार उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ उपप्रधानसहित गृह मन्त्री बन्न बन्नु लाग्नुभएको बताइएको छ ।

तत्कालीन एमालेसहितको गठबन्धन रहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले गृह मन्त्रालय नपाए सरकारमा नजाने अडान लिएपछि माओवादीका वरिष्ठ उपाध्यक्षसमेत रहेका श्रेष्ठ उपप्रधानसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारीमा सरकारमा जानुभएको थियो ।

स्रोतका अनुसार अर्थ मन्त्रालय नेपाली कांग्रेसले लिने भएपछि गृह मन्त्रालय माओवादीले लिने सहमति भएको हो ।

यसैबीच भौतिक पूर्वाधार मन्त्रालयबाट बिदा हुने भएपछि उपप्रधानमन्त्री श्रेष्ठले आइतबार पत्रकार सम्मेलनसमेत आयोजना गर्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here