राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र बेलायतका लेबर पार्टीका सांसद शर्माबीच भेटवार्ता


६ चैत्र २०७९, सोमबार १४:१७ मा प्रकाशित

काठमाडाैं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग बेलायत लेबर पार्टीका सांसद वीरेन्द्र शर्माले भेट गर्नुभएको छ ।

सोमबार सिंहदरबारमा अध्यक्ष तिमिल्सिना र सांसद शर्माबीच दुई देशको संसदको सम्बन्धलाई औंपचारिक कार्यक्रममार्फत् अघि बढाउने विषयमा केन्द्रित भएर भेटवार्ता भएको हो ।

जनस्तरको सम्बन्धलाई अझ बढि सुमधुर बनाउने सक्ने भएकाले कार्यक्रममार्फत् दुवै देशको संसदको गतिविधिलाई अघि बढाउने विषयमा आफूहरुबीच कुराकानी भएको अध्यक्ष तिमिल्सिनाले जानकारी दिनुभयो ।

भेटपछि संचारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिंदै उहाँले द्धीपक्षीय सम्बन्धमा विविध विषयमा पनि उहाँसँग कुरा भएको बताउनुभयो ।

त्यसक्रममा अध्यक्ष तिमिल्सिनाले नेपालमा लगानीका लागि उपयुक्त वातावरण बन्दै गएको उल्लेख गर्दै नेपालको ऊर्जा क्षेत्र र पर्यटन क्षेत्रमा लगानी बढाउन पनि बेलायत सरकारसँग आग्रह गर्नुभएको थियो ।

त्यसैगरी बेलायतसँग नेपालको सिधै हवाई उडान गर्ने, बेलायतमा नेपाली विद्यार्थीहरुको अध्ययनका लागि अझै सहज वातावरणको निर्माण गर्ने लगायतका विषयमा छलफल गरिएको अध्यक्ष तिमिल्सिनाले बताउनुभयो ।

भेटमा अध्यक्ष तिमिल्सिनाले युरोपियन मुलुकहरुमा नेपालको हवाई सेवा संचालनका लागि पहल गरिदिन पनिसांसद शर्माको ध्यानाकर्षण गराउनुभएको थियो ।

सांसद शर्मा नेतृत्वको टोलीले यस अघि प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेसँग पनि शिष्टाचार भेटवार्ता गर्नुभएकाे थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here