काठमाडौं । प्रतिनिधि सभाको आजको बैठक शुरु भएको छ ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिंदै हुनुहुन्छ ।
गत पुस १० गते नेकपा एमालेसँग गठबन्धन गरेर प्रधानमन्त्री बन्नु भएका दाहाल र उहाँको पार्टी नेकपा माओवादी केन्द्रले राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई सघाउने निर्णय गरेपछि एमालेले दाहाललाई प्रधानमन्त्रीमा दिएको समर्थन फिर्ता लिएको थियो ।
दाहालले एमालेसहितको गठबन्धन भएका बेला यसअघि पहिलो पटक गत पुस २६ मा संसदमा विश्वासको मत लिनुभएको थियो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि दाहाललाई दिएको समर्थन फिर्ता लिएको थियो ।
अहिले कांग्रेस सहितको अर्काे समीकरण बनेपछि दाहालले दोस्रो पटक सोमबार विश्वासको मत लिन लाग्नु भएको हो ।