बिराटनगरमा झडप, प्रहरीद्वारा चार राउन्ड हवार फायर र दर्जनौं सेल अश्रुग्यास प्रहार


५ चैत्र २०७९, आईतवार १८:१२ मा प्रकाशित

बिराटनगर । कोशी प्रदेश नामाकरण खारेज गर्न माग गर्दै संघर्ष समितिले विराटनगरमा विरोध प्रदर्शन गरेको छ ।

प्रदर्शनका क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो । झडपको क्रममा सशस्त्र चार राउन्ड हवाई फायर गर्नुका साथै दर्जनौं सेल अश्रुग्यास प्रहार गरेको छ ।

प्रदेश नं. १ पुन: नामाकरण संयुक्त संघर्ष समितिको आयोजनामा विराटनगरको महेन्द्र चोकमा भेला भएका सहभागीहरु मुख्यमन्त्री तथा मंत्रीपरिषद कार्यालय अगाडि जाने क्रममा झडप भएको हो ।

प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीले बल प्रयोग गर्दा झडप भएको हो । उनीहरुले प्रदेश १ को नाम कोशी प्रदेश मान्य नहुने र पहिचानका आधारमा प्रदेशको नामाकरण गर्न माग गर्दै आन्दोलन गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here