स्ववियुका लागि भएको मतदानमा झापाका क्याम्पसमा विद्यार्थीको उत्साहजनक सहभागिता (तस्वीरहरू)


५ चैत्र २०७९, आईतवार १७:४६ मा प्रकाशित

काठमाडौं । त्रिभुवन विद्यालयका आंगिक तथा सम्बन्धनप्राप्त क्याम्पसहरूमा विद्यार्थीको नेतृत्वका लागि आइतबार मतदान भएको छ ।

देशभरिका आङ्गिक क्याम्पस र एक हजारभन्दा बढी सम्बन्धन क्याम्पसमा स्ववियु निर्वाचन भएको हो । केही क्याम्पसमा भने आन्तरिक विवादका कारण मतदान प्रक्रिया रोकियो । त्रिभुवन विश्वविद्यालयमा १४ बर्षपछि स्ववियु निर्वाचन भएको हो ।

सरकारले विश्वविद्यालयमा क्याम्पस तथा विश्वविद्यालयको नीति निर्माण र कार्यन्वयनमा विद्यार्थी प्रतिनिधित्व सुनिश्चित गर्न, क्याम्पसमा शैक्षिक वातावरण कायम गर्न र विद्यार्थीको चौतर्फी विकासका लागि स्ववियु निर्वाचन गर्दै आइरहेको छ ।

झापामा पनि एक आंगिक तथा अन्य सामुदायिक तथा सम्बन्धनप्राप्त क्याम्पसहरूमा स्ववियु निर्वाचन भएको छ । लामो समयपछि मतदान गर्न पाएका विद्यार्थी निकै उत्साहित भएर मतदान प्रक्रियामा भाग लिएको कनकाई क्याम्पस बिर्तामोडका लागि स्ववियु सभापतिका उम्मेद्वारहरू किरण गुरुङ र गणेश न्यौपाने बताउनुहुन्छ ।

क्याम्पसहरूमा विद्यार्थीका अनेक समस्या आइपर्छन् । ती समस्या सम्बोधन गर्न क्याम्पस प्रशासनले मात्र संभव नहुने विद्यार्थीहरू तर्क गर्छन् । त्यसैले अब प्रशासनलाई पनि सहज हुने कनकाई क्याम्पसका प्रमुख सुरेश चापागाईं बताउनुहुन्छ ।

प्रत्येक दुई–दुई वर्षमा हुने स्ववियु निर्वाचन विसं २०६५ देखियता नियमित हुनसकेको थिएन । अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन् ।

तस्वीरहरूः

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here