उद्योगी, व्यवसायीहरुको समस्या समाधानका लागि आफूले पहल गर्ने सभामुख घिमिरेको आश्वासन


४ चैत्र २०७९, शनिबार १६:३८ मा प्रकाशित

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले उद्योगी, व्यवसायीहरुको समस्या समाधानका लागि आफूले पहल गर्ने बताउनुभएको छ ।

ललितपुर उद्योग वाणिज्य संघको स्थापना दिवसका अवसरमा शनिबार ललितपुरमा आयोजित कार्यक्रममा सभामुख घिमिरेले व्यवसायीहरुलाई सहज वातावरण निर्माणका साथै आवश्यक ऐन कानून तर्जुमाका लागि पनि आफूले पहल गर्ने बताउनुभएको हो ।

उहाँले मुलुकको बिकासका साथै रोजगारी सिर्जना लगाएतका क्षेत्रमा व्यवसायीको भूमिका महत्वपूर्ण रहेको धारणा राख्नुभयो ।

उहाँले नाफासंगै समाजप्रतिको उत्तरदायित्व बहन गर्नका लागि व्यवसायी तयार हुनुपर्ने बताउनुभयो । सभामुख घिमिरेले नेपालको अर्थतन्त्रबारे सवै जानकार रहेकाले अर्थतन्त्रलाई गतिशिल बनाउनका लागि सवैले प्रयत्न गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रमका बिभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here