राष्ट्रपति चयनका लागि मतदान अन्तिम चरणमा


२५ फाल्गुन २०७९, बिहीबार १४:२७ मा प्रकाशित

काठमाडाैं । नयाँ राष्ट्रपति पदकाे निर्वाचनमा बिहीबार दिउँसो १ः४५ बजेसम्म आठ सय १३ जनाले मतदान गरेका छन् ।

जसमा प्रदेशतर्फ पाँच सय १५ र संघतर्फ दुई सय ९७ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

मतदान बिहान १० देखि दिउँसो ३ बजेसम्म जारी रहनेछ । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा संघीय सांसद र प्रदेश सभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र कायम गरिएको छ।

संघीय संसद र प्रदेश सभा सदस्य गरी ८ सय ८३ जना मतदाता रहेका छन् ।

राष्ट्रपति निर्वाचनमा एमालेबाट सुवासचन्द्र नेम्वाङ र आठदलीय गठबन्धनबाट रामचन्द्र पौडेल उम्मेदवार छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here