निर्माण क्षेत्रमा काम गर्ने श्रमिकको पारिश्रमीक ५० हजारसम्म हुनसक्छः सिंह


१ चैत्र २०८२, आईतवार १८:०४ मा प्रकाशित

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण क्षेत्रमा काम गर्ने श्रमिकको पारिश्रमीक ५० हजारसम्म हुनसक्ने बताउनुभएको छ । 


नेपालको निर्माण क्षेत्रमा श्रमिकको चरम अभाव रहेको र यस क्षेत्रमा आउन चाहनेहरुका लागि अवसरसँगै पारिश्रमीक समेत राम्रो रहेको बताउनु भयो । उहाँकाअनुसार निर्माण मध्येको पुलको मात्रै काम गर्ने श्रमिकको पारिश्रमीक महिनामै ५० हजारसम्म हुने गरेको छ ।

अहिले पुलका काम गर्ने अधिकांश भारतीयहरु छन् । उनीहरुले अर्बौं रुपैयाँ यसरी नै पारिश्रमीक बुझेर भारतमा लैजाने गरेका छन् । सिंहकाअनुसार निर्माण क्षेत्रमा मात्रै करिव ७ लाख भारतीय नेपालमा छन् । सरकारले निर्माण सम्बन्धि काम गर्न आवश्यक जनशक्ति तयार गर्न नसक्दा निर्माण क्षेत्रमा भारतीय श्रमिकको दबदबा रहेको उहाँले बताउनु भयो ।

सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत एकसय दिने रोजगारीको घोषणा गरेपनि त्यो कागजमै सिमित भइरहेको सिंहको भनाइ छ । उहाँकाअनुसार अब आगामी सरकारले व्यवहारिक शिक्षा लागू गर्दै नेपालमै श्रम गर्ने वातावरण समेत तयार गर्न जरुरी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here