काठमाण्डाै । अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसका अवसरमा सगरमाथा आरोही संघ र पर्वतारोहण संघले महिला आरोहीहरुलाई सम्मान गरेको छ ।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर कीर्तिमान कायम गर्ने लगायत अन्य हिमाल आरोहण गर्ने महिलाहरुलाई सम्मान गरेको हो ।
सम्मानित हुनेमा सन् २०१८ मा सबैभन्दा छिटो सगरमाथा आरोहण गरेर विश्वकीर्तिमान कायम गर्ने फुङ्जु लामा, सगरमाथा आरोही नायिका निशा अधिकारी लगाएत रहनुभएको छ ।
उनीहरुलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले कदरपत्र प्रदान गर्नुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले नेपालको पर्वतारोहणमा महिला आरोहीको महत्वपूर्ण भूमिका रहेकाले सरकारले कीर्तिमानी महिला आरोहीलाई प्रोत्साहन गर्ने बताउनुभयो ।
त्यस्तै पर्वतारोहण संघका अध्यक्ष निमानुरु शेर्पाले मुलुकको पर्वतीय पर्यटन विकासमा महिला आरोहीको उल्लेख्य भूमिका रहेको बताउनुभयो ।