अवको राष्ट्रपतिलाई बिगतको जस्तो गल्ती गर्ने छुट नभएको कांग्रेस महामन्त्री थापाको जिकिर


१९ फाल्गुन २०७९, शुक्रबार १६:२३ मा प्रकाशित

झापा । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अव बन्ने राष्ट्रपतिलाई बिगतको जस्तो गल्ती गर्ने छुट नभएको बताउनुभएको छ ।

आगामी राष्ट्रपति निर्वाचनका सन्दर्भमा आठ दलले शुक्रबार काठमाडौंमा गरेको बागमती प्रदेशसभाका सदस्यका लागि अभिमुखीकरण कार्यक्रममा थापाले बिगतमा राष्ट्रपतिको संस्थाबाट धेरै त्रुटी भएको भन्दै अवको राष्ट्रपतिलाई गल्ती गर्ने छुट नभएको बताउनुभएको हो ।

उहाँले एउटा व्यक्तिका कारण गत पाँच बर्ष खेर गएको भन्दै अवको समयमा जनतामा आशा सञ्चार गर्ने काम गर्नुपर्ने धारणा राख्नुभयो । उहाले जनताका लागि परिणाममूखी काम गर्न सके गठबन्धनले औचित्य पुष्टि गर्नै नपर्ने बताउनुभयो ।

थापाले अव बन्ने राष्ट्रपति दलको प्रतिनिधि हुन नसक्ने जिकिर गर्नुभयो । त्यस्तै थापाले अहिले प्रचण्ड, माधव नेपाल लगाएतका शिर्ष नेतामा पदको लोभ नभएकै कारण नयाँ गठबन्धन बन्न सकेको जिकिर गर्नुभयो ।

कार्यक्रममा अन्य दलका प्रतिनिधिहरुले आठ दलिय गठबन्धनबाट अघि सारिएका राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेललाई अध्याधिक मतका साथ बिजयी गराउनुपर्ने बताएका थिए । फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनमा पौडेललाई विजयी गराउन नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा अन्य राजनीतिक दलका प्रतिनिधिहरु रहेको ‘राष्ट्रपति निर्वाचन अभियान परिचालन र संयोजन संयन्त्र’ गठन गरिएको थियो ।

संयन्त्रको निर्णयबमोजिम शुक्रबार बागमती प्रदेशका आठवटै राजनैतिक दलका प्रदेशसभा सदस्यका अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here