राज्यबाट पाउनुपर्ने सेवा, सुविधा नपाएको उपसभामुख रानाको गुनासो


१९ फाल्गुन २०७९, शुक्रबार १६:१६ मा प्रकाशित


झापा । उपसभामुख इन्दिरा रानाले आफूले राज्यबाट पाउनुपर्ने सेवा, सुविधा नपाएको गुनासो गर्नुभएको छ ।


भ्रष्टाचारविरुद्ध सांसदहरुको विश्वव्यापी संगठन, नेपाल च्याप्टरले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उहाँले उपसभामुखले पाउनुपर्ने कतिपय सुविधा आफूलाई दिन आनाकानी भइरहेको बताउनुभयो ।

पुरुषले महिलालाई र ठूलो पार्टीले सानो पार्टीलाई गर्ने व्यवहार अहिले पनि हेपाहा प्रवृत्तिको भएको उहाँको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here